अपर तामाकोशीविरुद्ध बिगुबासीले आन्दोलन गर्ने


१६ फाल्गुन २०७४, बुधबार
upper tamakoshi

दोलखा, १६ फागुन । निर्माणाधीन अपर तामाकोशी जलविद्युत आयोजनाविरुद्ध विगु गाउँपालिका अपर–तामाकोशी सरोकार समितिले आन्दोलन गर्ने चेतावानी दिएको छ । बिगु गाउँपालिका र गौरिशंकर गाउँपालिकामा तामाकोशी हाइड्रोपावर लि. द्धारा निर्माण भइरहेको आयोजनाको विरुद्धमा सरोकार समितिले विद्युत उपभोग र न्यायोचित वितरणको माग गर्दे विज्ञप्ती निकालेको छ ।upper tamakoshi

समितिले एउटै गाउँपालिकाभित्र पनि फरक वर्गिकरण गरी स्थानीय बासिन्दाहरुबीच विभेद सिर्जना गरेको आरोप लगाएको छ । विज्ञप्तीमा भनिएकाे छ, ‘आयोजनाको मुहान र सम्पूर्ण संरचना बन्ने गाविसलाई हाल संघीय संरचना अनुसार उक्त दुवै गा.बि.स.का साथै अन्य गा.बि.स.हरुसमेतलाई मिलाई क्रमशः बिगु गाउँपालिका र गौरिशंकर गाउँपालिकामा रुपान्तरित भइसकेको छ, तर बदलिएको संवैधानिक संरचना र संघीय शासन प्रणालीलाई पूर्ण रुपमा बेवास्ता गर्दै उक्त आयोजनाले पुरानै संरचनाअनुसार गरिएको साविककै बर्गीकरणका आधारमा सेयर वितरण गर्ने तयारी गरेको सूचनाप्रति हाम्रो गम्भीर ध्यानाकार्षण भएको छ ।’

समितीले हाल स्थानीय तहको रुपमा रुपान्तरण भएको बिगु गाउँपालिका र गौरिशंकर गाउँपालिकाका सम्पूर्ण क्षेत्रहरु स्वतः आयोजनाबाट अतिप्रभावित क्षेत्रमा पर्ने विषयप्रति आयोजना गम्भीर बन्न माग गरेको छ । स्थानीयले नेपालको संविधान, २०७२ को धारा ५१ को राज्यका नीतिहरु अन्र्तगतको (छ)(१) बमोजिम प्राकृतिक स्रोत साधनको उपयोग र लाभको न्यायोचित हुनुपर्ने माग गरेको छ ।

आयोजनाको यस किसिमको सेयर वितरणको तयारीले एकै गाउँपालिकाका बासिन्दाबीच विभेद र फाटो ल्याउने भन्दै समयमै निर्णय सच्याउन माग गरेको छ । अपर तामाकोशीको मुहान र जलविद्युत उत्पादन गृह लगायतका सम्पूर्ण संरचनाहरु अन्तिम चरणमा पुगेको छ । आयोजनाले राज्य संरचना अनुसार प्रभावित क्षेत्रलाई तीन बर्गमा विभाजित गरी दश प्रतिशत शेयर लगानीको व्यवस्था गरेको छ ।
अायाेजनाले अतिप्रभावित “क” बर्ग, प्रवेश मार्ग र प्रशारण लाईनले छोएका गा.बि.स. लाई “ख” बर्ग र बाँकीलाई “ग ” बर्गमा गरिएको विभाजन स्थानीय तह रहेका साविकको लामाबगर गा.बि.स.र गौरिशंकर गा.बि.स. आयोजनाबाट प्रभावित “क” बर्गमा वर्गीकरण गरेकाे छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७