प्रत्येक राजनीतिक समस्या समाधानको थलो न्यायपालिका हुन सक्दैन : एमाले नेता प्याकुरेल


१७ असार २०७८, बिहीबार
thumb 1

काठमाडौं, १७ असार । सत्तारुढ एमालेका नेता सुमनराज प्याकुरेलले राजनीतिक समस्या समाधानको थलो न्यायपालिका हुन नसक्ने बताएका छन् । राष्ट्रिय सभा अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले राज्यका प्रमुख अंगहरूबीचको शक्ति पृथकीकरणको सिद्धान्तलाई ख्याल गर्नुपर्ने बताएका छन् ।

‘शक्ति पृथकीकरणको सिद्धान्त नबुझीकन हरेक कुरो जसरी हामी न्यायपालिकामा लगि राखेका छौं, न्यापालिकालाई हाबी गर्ने जुन प्रयत्न भइरहेको छ त्यसबाट सचेत हुनु आवश्यक छ,’ प्याकुरेलले भने, ‘प्रत्येक राजनीतिक समस्या समाधानको थलो न्यायपालिका हुन सक्दैन ।’
राजनीतिक विवादको समाधान अदालतबाट नखोजी राजनीतिक दलहरूले नै खोज्नुपर्ने प्याकुरेलको भनाइ थियो । प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको बेला सत्तारुढ दल एमालेका राष्ट्रिय सभा दलका नेता प्याकुरेलको उक्त भनाइ आएको हो ।

प्याकुरेलले वर्तमान सरकार संविधान कार्यान्वयनमा तदारुकताका साथ लागि परेको भन्दै धन्यवाद दिएका थिए । कांग्रेस र एमालेबीच विवाद भएको बेला विगतमा प्राप्त उपलब्धी गुमेको भएकाले आगामी दिनमा पनि दुई दलबीच सम्बन्ध राम्रो हुनुपर्ने उनको भनाइ थियो । राष्ट्रिय सभाको अधिवेशन आज (बिहीबार) बाट शुरु भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७