यथास्थितिमा ओलीले बोलाएको बैठकमा नजाने नेपाल पक्षको निर्णय


१७ असार २०७८, बिहीबार
Madhavkumar Nepal Senior Leader of Uml scaled

काठमाडौं, १७ असार । नेकपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल पक्ष यथास्थितिमा ओलीले बोलाएको वैठकमा नजाने भएको छ । नेपाल–खनाल पक्षको आज (बिहीबार) बसको स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष केपी ओलीले शुक्रबार आह्वान गरेको बैठकमा सहभागी नहुने निर्णय गरिएको बैठकपछि नेता भीम रावलले जानकारी दिए ।

केन्द्रीय कमिटीको बैठक आवश्यक तहको सहमति तथा स्थायी कमिटीबाट बोलाउनुपर्ने भन्दै त्यसो नगरिएको भन्दै बैठकमा सहभागी नहुने निर्णय गरिएको रावलले जानकारी दिए ।

बैठकले पार्टी एकताका लागि आह्वान समेत गरेको छ । उननले एमालेलाई ९ औं महाधिवेशनको मार्गनिर्देशन अनुसार चलाउनका लागि आफुहरुले पहल गरिरहेको तर पार्टीको बिधि बिधान बिपरित महाधिवेशन आयोजक समितिले बोलाएको बैठक नै अवैध रहेको बैठकले निष्कर्ष निकालेको जानकारी दिए ।

रावलले महाधिवशेन आयोजक कमिटीलाई नै केन्द्रीय कमिटीमा रुपान्तर गरिनुपनि पार्टी बिधि बिपरित रहेको र ९ औं महाधिवेशनको पछि कै अवस्थामा लैजानुपर्छ भन्ने आफुहरुको माग रहेको जिकिर गरे ।

बैठकले पार्टी एकताका लागि आह्वान समेत गरेको छ । ओलीले बोलाएको बैठकमा नजाने विषयमा माधव समूहका सबै नेता एकमत भएकाे उनले बताए ।

बैठकमा नेता योगेश भट्टराईले समेत यथास्थितिमा बालुवाटार जान नसक्ने बताएका थिए । माधव समूहले प्याकेजमा सहमति गरिनुपर्ने बताउँदै आएको छ । ओलीले पार्टीलाई २०७५ जेठ २ मा फर्काउने प्रचार गरे पनि कार्यान्वयन भने गरेनन् ।

भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७