कांग्रेसमा क्रियाशील सदस्यता विवाद मिलाउन सकस


१८ असार २०७८, शुक्रबार
congress

काठमाडौं, १८ असार । नेपाली काँग्रेसमा महाधिवेशनका मतदाताका रूपमा रहने क्रियाशील सदस्यताको विवाद किनारा लगाउन निकै सकस भएकोे छ । गाउँ तथा नगरको वडा अधिवेशन सुरु हुन तीन साताको हाराहारी मात्र समय बाँकी रहे पनि पार्टीको क्रियाशील सदस्यता विवाद अझै मिल्ने स्थिति देखिएको छैन ।

पार्टीका प्रभावशाली नेताहरूले नै यसलाई आफ्नो हारजितसित जोडेपछि एक दर्जनभन्दा बढी जिल्लामा अझै क्रियाशील सदस्यताको विवाद ज्यूँकात्यूँ रहेको पाइएको छ । विवाद मिलान चुनौतीपूर्ण कांग्रेसको क्रियाशील सदस्यताको विवाद पाँच सयभन्दा बढी वडामा अझै कायमै छ ।

कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी पार्टीका लागि क्रियाशील सदस्यताको विवाद मिलाएर १४औँ महाधिवेशन सम्पन्न गर्ने कुरा निकै सकस र चुनौतीपूर्ण भएको बताउँछन् । संवैधानिक हिसाबले पनि भदौ १९ गतेभित्र पार्टीको महाधिवेशन सम्पन्न गर्नैपर्ने बाध्यता कांग्रेसलाई छ तर पार्टीका मतदाता क्रियाशील सदस्यताको टुङ्गो नै लाग्न सकेको छैन ।

अझै पनि काठमाडौं, नुवाकोट, चितवन, मोरङ, सुनसरी, कैलाली, सुर्खेत, काभ्रेपलाञ्चोक, स्याङ्जा, सिन्धुपाल्चोकलगायतका दर्जनभन्दा बढी जिल्लाको विवाद मिल्न सकेको छैन । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७