पाँच प्रदेशमा जारी वर्षा झन बढ्ने सम्भावना, होशियारी अपनाउन आग्रह


१८ असार २०७८, शुक्रबार
raining

काठमाडौं, १८ असार । नेपालमा मनसुनी वायु थप सक्रिय बन्दै गएको छ । अहिले (शुक्रबार बिहान) पाँच प्रदेशका धेरै स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । आज बिहान हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ ।

प्रदेश–१, प्रदेश–२, वागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भई बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखी मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने जनाइएको छ । प्रदेश–१, प्रदेश–२, वागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश–१, प्रदेश–२, वागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षा तथा एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश–१, प्रदेश–२, वागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, प्रदेश–२, वागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षा र एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

अझै केही दिन निरन्तर झरी पर्ने मौसमविद् गंगा नगरकोटी बताउँछिन् । हालकौ मौसमी प्रणाली अध्ययन गर्दा अझै केही दिन पानी पर्ने देखिएको उनी बताउँछिन् ।

बुलेटिनसँगै महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ । जसमा भनिएको छ– प्रदेश–१, प्रदेश–२, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश–१, प्रदेश–२, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन / चट्याङसहित भारी / धेरै भारी वर्षाको सम्भावना रहेकाले र उक्त प्रदेशका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन÷यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७