उर्लियो राप्ती नदी, मकवानपुर र चितवनमा बढ्यो त्रास


१८ असार २०७८, शुक्रबार
badhi 3

मकवानपुर, १८ असार । मकवानपुरमा राप्ती नदीको बाढीले सतर्कता तह पार गरेको छ । नदीमा जल सतह अझै बढ्ने क्रममा रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाको ट्वीटर ह्याण्डल नेपाल बाढी सूचनामा भनिएको छ, ‘मकवानपुरको पूर्वी राप्ती नदी रजैया बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह पुगेको र बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र चितवनको सौराहा आसपास हुनेहरूले बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउनु होला ।’ राप्तीमा बाढी बढेपछि स्थानीयमा बाढीको त्रास बढेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७