चार जना सचिवमा बढुवा


१८ असार २०७८, शुक्रबार
cabinet mYnhTlFILP

काठमाडौं, १८ असार । नेपाल सरकाले चार जनालाई सचिवमा बढुवा गरेको छ । बिहीबारको मन्त्रिपरिषदको बैठकले वरिष्ठ सहसचिव गणेशप्रसाद पाण्डे, डो. दामोदर रेग्मी, प्रमिला बज्राचार्य र डा. कृष्णप्रसाद आचार्यलाई सचिवमा बढुवा गरेको छ ।

लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बढुवा सिफारिस समितिको बैठकले उनीहरुको नाम सिफारिस गरेको थियो । कृषि तथा वन सेवातर्फ वरिष्ठ सहसचिव डा. आचार्यलाई सचिवमा बढुवा गरेको हो । बढुवा समितिले कृषि तथा वन सेवातर्फ वरिष्ठ सहसचिवत्रय डा. प्रसाद आचार्यसहित निरु दाहाल पाण्डे र दीपक खरालको नाम सिफारिस गरेको थियो ।

इन्जिनियरिङ सेवातर्फ प्रमिला बज्राचार्यलाई बढुवा गरिएको छ । इन्जिनियरिङ सेवातर्फ बज्राचार्यसहित सुशिलचन्द तिवारी र गोपालप्रसाद सिग्देलको नाम सिफारिस गरिएको थियो । प्रशासन सेवाका तीन वरिष्ठ सहसचिवमध्ये पहिलो नम्बरमा सिफारिस पाण्डेलाई सचिवमा बढुवा गरिएको छ । पाण्डेसहित मधुसुधन बुर्लाकोटी र कृष्णहरी पुष्करको नाम सिफारिस गरेको थियो । डा. रेग्मीको हकमा उनको मात्रै सिफारिस भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७