ओली–नेपालबीच टेलिफोन संवाद, केन्द्रीय कमिठी वैठकअघि दुई पक्षको वार्ता


१८ असार २०७८, शुक्रबार
kp oli madhav kumar nepal 1

काठमाडौं, १८ असार । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच टेलिफोन संवाद भएको छ । बिहीबार साँझ दुई नेताबीच वार्ता भएको एमाले पार्टी कार्यालायका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

‘पार्टी अध्यक्ष आफैंले संवादको प्रयत्न गर्नु भएको हो । पार्टीलाई एकताबद्ध बनाउने कुरामा उहाँले निरन्तर प्रयास गरिरहनु भएको छ । अध्यक्षले पार्टी एकताको पक्षमा भूमिका निभाई रहनु भएको छ । फोन वार्ता शुरु भएको छ । भेटवार्ताको सम्भावना छ । भेटवार्ताका लागि प्रयास भइरहेको छ’, उनले भने ।

खनाल–नेपाल समूहको माग बमोजिम बैठक राखिएको र जेठ २ को केन्द्रीय कमिटीमा गइसकेपछि अड्को थाप्ने काम गर्न आवश्यक नरहेको तामाङको भनाइ छ ।

केन्द्रीय बैठक आज (शुक्रबार) बिहान ११ बजे बालुवाटारमा बस्ने उनले जानकारी दिएका छन् । आजको बैठकमा खनाल–नेपाल समूहले नजाने निर्णय गरिसकेको छ । उक्त समूहका नेताहरु आजको बैठक सारेर सहमतिको आधारमा बैठक बोलाउन माग गरेका छन् । नेता सुरेन्द्र पाण्डेले आफूहरुले आजको बैठक सार्न प्रस्ताव राखेको जानकारी दिए ।

तामाङका अनुसार आज केन्द्रीय कमिटीको बैठक बस्नुभन्दा अघि अहिले बिहान दुई (ओली–नेपाल) पक्षका दोस्रो तहका नेताबीच वार्ता हुँदैछ । तर उनले वार्तामा सहभागी हुने नेता र स्थान भने निश्चित भइनसकेको बताएका छन् । ‘अब केहीबेरमा कतै नेताहरू वार्तामा बस्नु हुन्छ,’ उनले भने । तर अहिलेसम्म यसअघि निर्धारित आज बस्ने एमाले केन्द्रीय कमिटी बैठकको समयमा भने कुनै फेरबदल नभएको पनि कार्यालय सचिव तामाङले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७