यी जिल्ला बाढी, पहिरो र डुबानको जोखिममा, सतर्क रहन आग्रह (सूचना)


१८ असार २०७८, शुक्रबार
saptakoshi river
फाइल फोटो

काठमाडौं, १८ असार । नेपालमा केहि दिनयता फेरि मनसुन सक्रिय भएको छ । अहिले पनि देशका धेरैजसो भू–भागमा अविरल वर्षा भइरहेको छ । लगातारको बर्षाका कारण देशभर बाढी, पहिरो र डुबानको समस्या बढिरहेका छन् ।

आज कमला, वागमती, पूर्वी राप्तीलगायत नदीमा पानीको बहाव उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह पुग्न सक्ने पूर्वानुमान छ । भोटेकोशी, तामाकोशी, दूधकोशी, सुनकोशीलगायत कोशीका सहायक नदीहरु तथा नारायणी र यसका सहायक नदीहरु त्रिशूली, बूढीगण्डकी, कालीगण्डकी, माङ्दीलगायतमा बहाव उल्लेख्य बढ्नेछ । केहीमा सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ ।

आज कन्काई, कमला, वागमती र पूर्वी राप्ती जलाधारका केही सहायक नदीहरुमा मध्यमदेखि भारी वर्षा भई बहाव उल्लेख्य बढ्ने र सतर्कता तह पुग्न सक्ने पूर्वानुमान छ । बिहानको मापनानुसार कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य रहेको, कोशी, नारायणी र यसका सहायक नदीमा बहाव बढ्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज पश्चिम राप्ती, बबई, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य रहने जनाइएको छ । इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, तेह्रथुम, धनकुटा, ओखलढुंगा, पाँचथर, भोजपुर, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, काठमाडौं, धादिङ बाढीको जोखिम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै मकवानपुर, चितवन, सिन्धुली, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, म्याग्दी, पर्वत, बागलुङ, नवलपुर, परासी, पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देही, रोल्पा, दाङ, दार्चुला, बझाङ, बाजुरा, डोटी, अछाम, बैतडी, डडेल्धुरा र आसपास जिल्ला भई बहने स–साना नदी जलाधारमा बहाव केही बढ्नेछ । केहीमा आकस्मिक बहाव भई सतर्कता आसपास पुग्न सक्ने पूर्वानुमान छ । तटीय तथा डुबान भइरहने क्षेत्रहरूमा विशेष सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

kafmvce

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७