पर्सीदेखि चाहिने जति खोप आउँछ : प्रधानमन्त्री


१८ असार २०७८, शुक्रबार
KP Sharma Oli 2078 Asar 18

काठमाडौं, १८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सीदेखि चाहिने जति खोप आउने दावी गरेका छन् । आज (शुक्रबार) बालुवाटारमा जारी पार्टी केन्द्रीय कमिटी बैठकमा ओलीले अब खोपको समस्या नहुने बताएका हुन् ।

‘अब भ्याक्सिनको समस्या छैन । पर्सीदेखि चाहिने जति भ्याक्सिन आउँछ । भारतबाट दोस्रो डोज नआउँदा समस्या भयो′, ओलीले भने, ‘केही दलका साथीहरूले अहिले भ्याक्सिन नदेऊ, हाम्रो सरकार आएपछि दिनू भनेर लबिङ गरिरहेका छन् ।’ उनले विपक्षीहरूले देशलाई हिंसा र मुठभेडतर्फ लैजान खोजेको बताए ।

प्रधामन्त्री ओलीले हजारौं प्रयासका बाबजदु पार्टीलाई एक हुन नदिइएको बताएका छन् । दलहरुले फैलाउने अराजकताले थप समस्या पैदा भएको बताए । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई बोलाइए पनि उक्त समूह सहभागी भएको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७