जोन्सन एन्ड जोन्सन खोपले ८ महिना सुरक्षा, डेल्टा भेरियन्टविरुद्ध पनि प्रभावकारी


१८ असार २०७८, शुक्रबार
korona khop 1

काठमाडौं, १८ असार । अमेरिकी औषधि निर्माता कम्पनी जोन्सन एन्ड जोन्सनको कोरोनाविरुद्धको खोपले ८ महिनासम्म सुरक्षा प्रदान गर्ने नयाँ अनुसन्धानले देखाएको छ ।

जोन्सन एन्ड जोन्सनकै खोप सम्बन्धी अनुसन्धानकर्ता डाक्टर मिथाइ मामेनले यो खोपले ८ महिना इम्युनिटी प्रदान गर्ने र यसले डेल्डा भेरियन्टविरुद्ध पनि सुरक्षा प्रदान गर्ने जानकारी दिएका हुन् ।

अनुसन्धान प्रतिवेदनअनुसार यस खोपको एकै डोज कोरोनाविरुद्ध प्रभावकारी छ । जोन्सन एन्ड जोन्सनको खोप लगाएसँगै यसले रोग प्रतिरोधी कोष ‘टी–सेल’ विकास गर्ने र यो ८ महिनासम्म मानव शरीरमा रहने जनाइएको छ । बेथ इजरायल डिकोन्स मेडिकल सेन्टर र हाभार्ड मेडिकल स्कुलका डाक्टर डान बारोचले अनुसन्धानपछि जोन्सन एन्ड जोन्सनको खोपलाई आशाजनक खोप भनेका छन् । सीएनएन

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७