स्विट्जरल्यान्डलाई पेनाल्टीमा हराउँदै स्पेन सेमीफाइनलमा


१९ असार २०७८, शनिबार
Spin win scaled

काठमाडौं : स्पेन १६ औंँ संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको पहिलो क्वाटरफाइनलमा पेनाल्टी सुट आउटबाट स्विजरल्यान्डलाई हराउँदै स्पेन अन्तिम चारमा पुगेको हो ।

निर्धारित ९० र थपिएको ३० मिनेटको खेल एक एक गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । स्वीटजरल्यान्डका लागि कप्तान जार्दन शाकिरीले गोल गरेका हुन् भने स्वीट्जरल्यान्डकै डेनिस जकारियाले आत्मघाती गोल गरेका थिए ।

स्पेनले पेनाल्टी सुट आउटमा ३–१ गोल अन्तरले हराउँदै सेमिफायनलमा स्थान बनाएको हो । पेनाल्टीमा स्पेनका डेनि ओल्मो, ग्रान्ड मोरेनो र मिकेल ओल्जाबर्गले गोल गर्दा सर्जियो बुस्केटले गोल गर्न चुकेका थिए । स्विजरल्यान्डका लागि मारियो गारोगेन्भिकले गोल गर्दा फावियन साचार, मेनियोल अन्कान्जि, रुवेन भार्गासले गोल गर्न सकेनन् ।

७७ औँ मिनेटमा रिमो फ्रीउलरले रेर्ड कार्ड खाएर मैदान छाडेपछि स्वीटजरल्यान्डलाई गम्भीर धक्का लाग्यो । यसअघि प्रि-क्वाटरफाइनलमा टाइब्रेकमा फ्रान्सलाई हराउँदै स्वीटजरल्यान्ड क्वार्टरफाइनल पुगेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७