चोभारमा सुक्खा बन्दरगाह निर्माण


१९ असार २०७८, शनिबार
chobhar bandargaha SiMD0FEdzP

काठमाडौं, १९ असार । काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाह (काठमाडौं कन्टेनर फ्रेट स्टेसन) को भौतिक निर्माण सम्पन्न भएको छ । मुलुकको अन्तर्राष्ट्रिय व्यापारलाई थप सहजीकरण गर्ने दीर्घकालीन सोच अनुरूप राजधानीमा सुक्खा बन्दरगाह निर्माण गरिएको हो ।
बन्दरगाहको सञ्चालन मोडालिटी तय गर्न समिति गठन गरी काम अगाडि बढाइएको इन्टर मोडल यातायात विकास समितिले स्पष्ट पारको छ ।

समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बाह्य मुलुकबाट आयात र नेपालबाट निर्यात हुने सामानलाई एकीकृत सेवा दिन सुक्खा बन्दरगाह तयार गरिएको हो । नयाँ संरचना सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण सम्पन्न भए पनि अझै धेरै काम गर्न बाँकी छ ।

नेपालका लागि यो नयाँ संरचना भएकाले नयाँ प्रयोगमा ल्याउन बन्दरगाहको सञ्चालन मोडालिटी तय गर्न समिति गठन गरिएको छ । समितिले गृहकार्य समेत थालिसकेको छ ।

गजुरेलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रकाश दाहालको संयोजकत्वमा समिति गठन गरी मोडालिटी तय गर्ने काम सुरु गरिएको जानकारी दिए । समितिको सदस्यमा भन्सार विभाग र इन्टर मोडल यातायात विकास समितिको प्रतिनिधित्व रहने भएको छ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७