कानको समस्याले निम्त्याउँछ मानसिक रोग


१९ असार २०७८, शनिबार
pain in ear when swallowing nPwR6T59e4

काठमाडौं, १९ असार । कान नसुन्ने समस्या (हियरिङ लस) बाट पिरोलिरहनु भएको छ भने मानसिक तनाव उत्पन्न हुनसक्नेमा सचेत रहनु होला । कान नसुन्ने समस्याले पनि मानसिक रोग निम्त्याउँछ ।

निजामती कर्मचारी अस्पतालका नाक, कान, घाँटी विशेषज्ञ डा. निर्मला तामाङले कान नसुन्ने समस्याका कारण धेरैमा मानसिक रोगको समस्या देखिएको जानकारी दिइन् । उनले भनिन्, ‘धेरै बिरामीले कान नसुनेकै कारण एन्टी डिप्रेसनको औषधि खानुपरेको छ ।’ यस्तो समस्या ४० वर्ष उमेर नाघेपछि हुने बताउँदै उनले यस्तो समस्याका कारण बिरामी विभिन्न रोगको सिकार बन्नुपरेको बताइन् ।

‘हियरिङ लस’ भएपछि अरूका कुरा सुन्न र उत्तर दिन सकिँदैन, त्यसैले उनीहरू समाजसँग अलग बस्न रुचाउने हुन्छ । बिरामीमा हिनताबोध र एकल महसुस हुन्छ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७