इथियोपियामा अझै भोकमरी बढ्ने राष्ट्रसंघको प्रक्षेपण


१९ असार २०७८, शनिबार
africa

काठमाडौं, १९ असार । संयुक्त राष्ट्रसंघले अफ्रिकन मुलुक इथियोपियामा भोकमरीको समस्या आउनसक्ने चेतावनी दिएको छ । लामो समयदेखि जारी आन्तरिक द्वन्द्वका कारण इथियोपियामा भोकमरी फैलन सक्ने भन्दै राष्ट्रसंघले तत्काल मावविय सहायता उपलब्ध गराउन आवश्यक रहेको औंल्याएको छ ।

पछिल्लो समय तीन लाख भन्दा बढी बालबालिका कुपोषणको शिकार भएको भन्दै राष्ट्रसंघले यो आंकडा अझै बढ्न सक्ने औंल्याएको हो । तिग्रे क्षेत्रमा विद्रोहीले आफ्ना गतिविधि बढाएसँगै आठ महिनाको अवधिमा करिब दुई लाख मानि भोकमरीमा परेको राष्ट्रसंघले जनाएको छ ।

सरकारले गत सोमबार एक पक्षीयरुपमा युद्धविरामको घोषणा गरे पनि विद्रोहीले आफ्ना गतिविधिलाई जारी राखेको बीबीसीले जनाएको छ । सरकारले युद्धविरामको घोषणा गरेपनि आफूहरुका कारवाही जारी रहने विद्रोहीले चेतावनी दिएको छ ।

टाइगर पीपुल्स लिबरेसन फ्रन्ट (टीपीएलएफ) र सरकारी सेनाबीचको द्वन्द्वका कारण हजारौं सर्वसाधारण मारिएका छन् । सो युद्धका कारण २० लाखभन्दा बढी सर्वसाधारण विस्थापित भएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७