नारायणगढ–मुग्लिन सडकमा पहिरो खसेको खस्यै, यातायात अवरुद्ध


१९ असार २०७८, शनिबार
muglin.jpg .2021 07 02

काठमाडौं, १९ असार । नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो खस्ने क्रम नरोकिएकाले यातायात अवरुद्ध भएको छ ।
बिहीबारदेखि नै यो सडक खण्डमा पहिरो खसिरहेको छ । शुक्रबार साँझ नारायणगढदेखि २० किलोमिटर टाढा भोर्ले सेतीदोभन र राति चार किलोमा पुनः पहिरो खसेपछि गाडी चल्न ठप्प भएको छ । पृथ्वी राजमार्गको कुरिनटार नजिक पनि लेदो झरेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

thumb 1 1

चार किलोमा शुक्रबार बिहानैदेखि पहिरो खसेर गाडी रोकिएका थिए । दिउँसो केही सफा गरेर एकतर्फी गाडी खुले पनि सो ठाउँमा राति फेरि पहिरो गएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सूर्य थापाले जानकारी दिएका छन् ।

भोर्ले सेती दोभानमा शुक्रबार साँझ अचानक ठूलो पहिरो गएको थियो । सेती दोभानको पहिरो केही बेरपछि हटाउन सुरु गरिने भरतपुरको डिभिजन सडक कार्यालयका सूचना अधिकारी शिव खनालले बताए । त्यहाँ ठूलो ढुङ्गासहित पहिरो खसेका कारण शनिबार काम शुरु गरे पनि सफा गर्न कम्तीमा ६ घण्टा लाग्ने सूचना अधिकारी इन्जिनियर खनालले जानकारी दिए ।

नारायणगढ–मुग्लिन सडकलाई एसियाली मापदण्ड अनुसारको दुई लेनको फराकिलो बनाउन ठाउँ –ठाउँमा पहाड काटिएको थियो । ती ठाउँमा पहिरोले दुःख दिँदै आएको थियो । अन्य नयाँ ठाउँमा पनि ठूला पहिरो खस्न थालेको खनालले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७