चिलीलाई हराउँदै ब्राजिल कोपा अमेरिकाको सेमिफाइनलमा


१९ असार २०७८, शनिबार
thumb 2 1

काठमाडौं, १९ असार । डिफेन्डिङ च्याम्पियन ब्राजिलले शनिबार चिलीलाई १–० ले हराउँदै कोपा अमेरिकाको अन्तिम ४ को यात्रा तय गरेको छ । अब प्रतियोगिताको सेमिफाइनलमा ब्राजिलले पेरुको सामना गर्नेछ ।

चिलीमाथि प्राप्त जितमा ब्राजिलका लागि लुकास पाक्वेलाले ४७ औं मिनेटमा गरे र यो नै निर्णायक सावित भयो । यसअघि पेरुले पाराग्वेलाई टाइब्रेकरमा ४–३ ले हराएको थियो ।

निर्धारित समयको खेल ३–३ को बराबरीमा समाप्त भएपछि खेल टाइब्रेकरमा पुगेको हो । प्रतियोगिताका अन्य क्वाटर फाइनलमा उरुग्वले कोलम्बिया तथा अर्जेन्टिनाले इक्वडेरको सामना गर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७