गोरखामा पहिरोले पुरिएर दम्पतीको मृत्यु, दरौदीको बाढीले पक्की पुल भत्कायो


१९ असार २०७८, शनिबार
gorkha jdQ1Xr0z67

गोरखा, १९ असार । गोरखाको सिरानचोक गाउँपालिका–७ उपल्लो गोहारेमा पहिरोले पुरिएर दम्पतीको ज्यान मृत्यु गएको छ ।
८६ वर्षीय रमन पाण्डे र ६८ वर्षीया नन्दकुमारी पाण्डेको पहिरोले पुरिएर मृत्यु भएको सिरानचोक गाउँपालिका–७ का वडा अध्यक्ष सुरज ढकालले जानकारी दिए ।

Barpak Ajirkot Bridge Gorkha

शुक्रबार मध्यराति घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा च्यापिएर मृत्यु भएको उनले बताए । ‘उहाँहरु दुई जना मात्र घरमा हुनुहुन्थ्यो, पहिरो खसेर घर पुरिएको बिहान मात्र थाहा भयो,’ उनले भने, ‘चार घण्टा लगाएर केही बेरअघि मात्र उहाँहरुको शव निकालेका छौं ।’ ६० मिटर माथिबाट खसेको पहिरोले घर च्यापिएर उनीहरुको मृत्यु भएको उनले बताए ।

बारपाक र अजिरकोट जोड्ने पक्की पुल दरौदीको बाढीले भत्कायो
गोरखाको बारपाक र अजिरकोट जोड्ने पक्की पुल दरौंदी नदीको बाढीले भत्काएको छ । गए रातिको बाढीले बारपाक सुलिकोट गाउँपालिका र अजिरकोट गाउँपालिका जोड्ने पुलको एकातर्फको भाग भत्काएको हो । यो पुल पाँच वर्ष अगाडि मात्रै निर्माण सम्पन्न भएको स्थानीय बताउँछन् । स्थानीयका अनुसार वर्षा र बाढीले अन्य सडक र धानबालीमा समेत क्षति पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७