बुढानीलकण्ठमा देउवा निकट नेताहरूको बैठक


१९ असार २०७८, शनिबार
sherbahadur deuwa president nepali congress

काठमाडौं, १९ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा निकटका शीर्ष नेताहरुको बैठक बसिरहेको छ ।
बैठकमा उपसभापति विमलेन्द्र निधि, विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, प्रकाशशरण महत, एनपी साउदलगायतका नेताहरु सहभागी छन् ।

छलफल आगामी महाधिवेशन र क्रियाशील सदस्यता सम्बन्धमा केन्द्रित रहेको स्रोतले जनाएको छ । कांग्रेसको १४ महाधिवेशसन नजिकिंदै गएसँगै नेताहरुको वैठकहरु बाक्लिँदै गएका छन् ।

सभापति देउवाले आगामी भदौमा निर्धारित १४ औं महाधिवेशनबारे छलफल गर्न नेताहरुलाई बोलाएको देउवाको सचिवालयले जनाएको छ । निधिले आगामी महाधिवेशनमा सभापति पदको उम्मेदवार बन्ने घोषणा गरेका छन् । सभापतिमा दाबी गर्दै आएका महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग निधिले छलफल गर्दै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७