अख्तियारद्वारा तीन दिनमा तीन कार्यालयका कर्मचारी पक्राउ


१६ फाल्गुन २०७४, बुधबार
ciaa 1
Commission for the Investigation of Abuse of Authority (CIAA) building. Photo: THT

काठमाडौं, १६ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन दिनको बीचमा तीन वटा कार्यालयका कर्मचारीलाई घुस लिंदालिंदै पक्राउ गरेको छ । पक्राउ पर्नेमा घरेलु तथा साना उद्योग कार्यालय लहानका प्रमुख राजेन्द्र कुमार लालकर्ण छन् । उनी २ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले लालकर्णलाई उनकै कार्यकक्षबाट दुई लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

ciaa 1

त्यस्तै यातायात व्यवस्था कार्यालय एकान्तकुना, सवारी चालक अनुमतिपत्र नयाँ दर्ता शाखामा कार्यरत नायव सुब्बा लेखनाथ भूषाल ३२ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सवारी चालक अनुमतिपत्र बनाउनका लागि सेवाग्राहीसँग घुस लिंदालिंदै मंगलबार पक्राउ गरेकोे जनाएको छ ।

त्यसैगरी औषधि ब्यवस्था विभाग, शाखा कार्यालय नेपालगञ्ज, बाँकेमा कार्यरत फार्मेसी निरीक्षक पुष्प राना क्षेत्री २८ हजार रुपैयाँ घुससहित सोमबार पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कोहलपुर कार्यालयबाट खटिएको टोलीले उनलाई मेडिकल सेन्टर अनुगमनको क्रममा विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा पक्राउ गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७