हराइरहेका व्यक्ति माछा पोखरीमा मृत फेला


१९ असार २०७८, शनिबार
death

झापा, १९ असार । झापाको भद्रपुर नगरपालिका–९ पोकापाडामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुने स्थानीय ६५ बर्षीय धनसिंह राजवंशी रहेको प्रहरीले जनाएको छ ।

शुक्रबार अन्दाजी ३ बजेदेखि हराइरहेका राजवंशीलाई पोखरीधनी सोही स्थानका नेपाल सिंह राजवंशीले आज बिहान ९ बजे मृत फेला फारेका थिए ।

१ नं. प्रदेश विपत व्यवस्थापन कार्यालय चन्द्रगढी, प्रहरी चौकी घोडामारा र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले आवश्यक प्रक्रिया पुरा गरी शव परिक्षणका लागि पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७