आमिर खानले गरे दोस्रो पटक सम्बन्धविच्छेद


१९ असार २०७८, शनिबार
aaamir

मुम्बई, १९ असार । बलिउड अभिनेता आमिर खान र किरण रावको १५ वर्ष पछाडि सम्बन्धविच्छेद हुने भएको छ । यो आमिर खानको दोस्रो सम्बन्धविच्छेद हो । आमिरको पहिलो पटक पहिलो श्रीमती रीना दत्तासँग सम्बन्धविच्छेद भएको थियो ।

आमिर र किरणले संयुक्त विज्ञप्ति दिँदै दुवैको बाटो अलग हुन लागेको घोषणा गरेका हुन् । उनीहरुले आगामी दिनहरुमा पति–पत्नीको सट्टा अलग–अलग जीवन जिउने घोषणा गरे । आमिर खान र किरण रावले दिएको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘यी १५ वर्षमा एकसाथ जीवनभरीको अनुभव, आनन्द, खुशी शेयर गर्‍यौं । हाम्रो सम्बन्ध विश्वास, सम्मान र प्रेमसँग एकसाथ अगाडि बढेको हो । अब हामी बाँकी जीवन नयाँ अनुभवका साथ अगाडि बढाउन चाहन्छौं । तर, पति–पत्नी बनेर होइन सह– माता–पिता र परिवारको रुपमा । हामीले केही समय पहिलेदेखि अलग हुने योजना बनाएका हौं । यसलाई औपचारिक रुप दिंदैछौं ।’

उनीहरुले आगामी दिनमा पनि एकसाथ काम गर्ने घोषणा गरेका छन् । हामी हाम्रा सन्तानप्रति समर्पित हुने समेत बताएका छन् । उनीहरुले आफ्ना परिवार र शुभचिन्तकलाई धन्यवाद दिएका छन् । किरण र आमिरको भेट फिल्मको सेटमा भएको थियो । उनीहरुले सन् २००५ डिसेम्बर २८ तारिखमा भएको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७