गोली हानेर हत्या गरी फरार कुर्मी पक्राउ


१९ असार २०७८, शनिबार
kurmi UVIAireXhE

कपिलवस्तु, १९ असार । कपिलवस्तुमा तीन वर्षअघि गोली प्रहार गरी एक जनाको हत्या गरी फरार भएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । २०७५ साल चैत्र १७ गते साँझ साढे ९ बजेको समयमा जिल्लाको कृष्णनगर नगरपालिका–१० बिद्यानगरका ५५ बर्षीय पारस पुरीलाई तीन जना ब्यक्तिको समूहले गोली हानेर हत्या गरेका थिए ।

हत्या घटनाका मुख्य अभियुक्त भनिएका सोही जिल्लाको साविक गणेहपुर गाविस–१ ( हाल विजयपुर गाउँपालिका –७) का ५० बर्षीय लालबही प्रेमकुमार भनिने शुपति कुर्मीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

निजलाई महाराजगञ्ज नगरपालिका–१० हर्दौनास्थित नेपाल भारत सीमावर्ती क्षेत्रमा लुकिछिपी बसेको गोप्य सूचनाका आधारमा पक्राउ गरिएको कपिलवस्तुका प्रहरी प्रवक्ता धर्मराज भण्डारीले जानकारी दिए । प्रहरीका अनुसार हत्या गरिएका पारस पुरी कामदारहरु बैदेशिक रोजगारमा पठाउने कार्यमा संलग्न थिए ।

हत्या अभियुक्त कुर्मीलाई ‘तिम्रो छोरा दिनेश कुर्मीलाई विदेश पठाई दिन्छु’ भनि एक लाख १५ हजार रुपैयाँ लिई बैदेशिक रोजगारीका लागि बहराइन पठाएका थिए । त्यहाँ पुगेपछि छोराले राम्रा कम्पनीमा काम र तलव नपाएको भन्दै पुरीसँग विदेश पठाउँदाको उक्त रकम पटक–पटक फिर्ता मागेका थिए । उनले नदिएपछि सोही रिसईवी साँधेर हत्या गरेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७