आफ्नै १५ वर्षीया छोरीमाथि बलात्कार गर्दै आएको आरोपमा बुबा पक्राउ


१९ असार २०७८, शनिबार
1625299110 balatkar 1200x560 1

भक्तपुर, १९ असार । आफ्नै छोरी बलात्कार आरोपमा एक पुरुष पक्राउ परेका छन् । आफ्नै १५ वर्षीया छोरीलाई पटक–पटक बलात्कार गर्न खोजेको आरोपमा प्रहरीले चाँगुनारायण नगरपालिका–८ सुडालका ३१ वर्षीय पुरुषलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसरका अनुसार घरमा कोही नभएको मौका पारी बाबुले संवेदनशील अङ्गमा छुने, समाउने कार्य गरेको पीडितले दिएको जाहेरीमा उल्लेख गरिएको छ । बाल यौन दुरुपयोग कसुरमा किटानी जाहेरी दरखास्तका आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ गरी भक्तपुर जिल्ला अदालतमा कसुरदारलाई पेश गरेको परिसका सूचना अधिकृत दीपक गिरीले बताए । उनलाई पाँच दिन म्याद थप अनुमति प्राप्त गरी थप घटनाको अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७