खोलाले बगाउँदा युवकको गयो ज्यान


१९ असार २०७८, शनिबार
badhi
फाइल फोटो

गोरखा, १९ असार । खोलाले बगाएर गोरखाको आरुघाट गाउँपालिका–१ स्यामचेत बस्ने २६ वर्षका किरण लामाको ज्यान गएको छ । आज बिहान साढे ९ बजेतिर आरुघाट गाउँपालिका ३ सोतीमा रहेको खोला तर्ने क्रममा किरणलाई बगाएको हो ।

बगेको ठाउँबाट २० मिटर तल अचेत अवस्थामा फेला परेका उनलाई उपचारका लागि आरुघाट बजारको आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्र ल्याइएको थियो । चिकित्सकले ११ बजे मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी प्रकाश दाहालले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७