ओली र नेपालबीच फेरि टेलिफोन संवाद


१९ असार २०७८, शनिबार
kp oli madhav nepal
फाइल फोटो

काठमाडौं, १९ असार । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज (शनिबार) फेरि टेलिफोन संवाद भएको छ ।

शनिबार दिउँसो फोन संवाद भएको प्रधानमन्त्री ओलीका सञ्चारविज्ञ रामशरण बजगाईंले जानकारी दिए । तर उनले दुई नेताबीच के कुराकानी भयो भन्ने जानकारी दिएका छैनन् ।

यसअघि गएको बिहीबार राति पनि ओली र नेपालबीच टेलिफोन संवाद भएको थियो । एमालेको एकता संकटमा परिरहेको बेला दुई नेताबीच फोन संवाद भएको हो । यस्तै एमालेको एकता जोगाउन सक्रिय दोस्रो तहका नेताहरुको आजको छलफल सकिएको छ । केही दिनयता दिनहुँजसो संवादमा रहेका नेताहरुले आज पनि ललितपुरस्थित समिट होटेलमा छलफल गरेका हुन् ।

छलफलमा अध्यक्ष ओलीका तर्फबाट नेताहरु विष्णुप्रसाद पौडेल, शंकर पोखरेल र सुवासचन्द्र नेवाङ सहभागी थिए । वरिष्ठ नेता झलनाथ खनाल–नेपाल पक्षका घनश्याम भुसाल सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भीम आचार्य सहभागी थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७