थप तीन हजार ६६ जनाले जिते कोरोना, २,३२८ नयाँ थपिए, १९ जनाको मृत्यु


१९ असार २०७८, शनिबार
korona

काठमाडौं, १९ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप तीन हजार ६६ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । नेपाल संक्रमित निको हुने दर ९४.३ प्रतिशत पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ६ लाख ६ हजार ६६६ जना संक्रमित निको भइसकेका छन् । यस्तै पछिल्लो २४ घण्टामा देशभर २,३२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार १३३ जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २,३२८ जनामा कोराना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ५,८३७ जनाको पिसिआर परीक्षण गर्दा १,५२७ र ४ हजार २९६ जनाको एन्टीजेन परीक्षण गर्दा ८०१ जना संक्रमित पुष्टि भएका हुन् । पछिल्लो २४ घण्टामा देशभर १९ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ९ हजार १९८ जना संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७