पार्टी सदस्यता नवीकरण असार मसान्तभित्र सक्ने एमाले बैठकको निर्णय

विधान महाधिवशेनका लागि अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन लेख्ने


१९ असार २०७८, शनिबार
amale kendriya kamitee

काठमाडौं, १९ असार । सत्तारुढ नेकपा एमालेले असार मसान्तसम्म पार्टी सदस्यता नवीकरण सक्ने निर्णय गरेको छ । आज (शनिबार) बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकले असार मसान्तसम्ममा नवीकरण सक्न र साउन ५ गतेभित्र अन्तिम नामावली केन्द्रीय कार्यालयमा पठाउन मातहतका कमिटीलाई निर्देशन दिने निर्णय गरेको हो । पार्टी सदस्यता नवीकरणसम्बन्धी फारम एमालेले यसअघि नै कार्यकर्ताहरूलाई पठाइसकेको जनाइएको छ ।

यस्तै पार्टीको विधान महाधिवेशन आउँदो साउन २५ देखि २७ गतेसम्म काठमाडौंमा गर्ने निर्णय पनि भएको छ । विधान महाधिवशेनका लागि अध्यक्ष एवं पार्टी अध्यक्षले ओलीले राजनीतिक प्रतिवेदन लेख्ने जिम्मेवारी पाएका छन् ।

महासचिव ईश्वर पोखरेललाई सांगठिनक, उपमहासचिव विष्णु पौडेललाई विधान संशोधन र निर्माण तथा नेता रामबहादुर थापा ‘बादल’ लाई व्यवस्थापनको जिम्मा दिइएको छ । बैठकले आउँदो भदौ ५ गते वडा र १५ गते पालिका अधिवेशन गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७