कात्तिकमा महाधिवेशन गर्ने राप्रपाको निर्णय


१९ असार २०७८, शनिबार
raprapa

काठमाडौं, १९ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आउँदो कातिक महिनामा पार्टीको महाधिवेशन गर्ने भएको छ । आज (शनिबार) बसेको केन्द्रीय निर्देशन समितिको बैठकले कार्तिक २७–३० सम्म काठमाडौंमा महाधिवेशन गर्ने गरी कार्यतालिका बनाएको छ ।

यसअनुसार वडा / गाउँ / नगर / प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधीसभा निर्वाचन क्षेत्र र जिल्ला कार्य समितिको निर्वाचन भदौ मसान्तसम्म गरिनेछ । यस्तै सक्रिय सदस्यता वितरण भदौ मसान्तसम्म गर्ने र असोज २० गतेसम्म प्रदेशसभा निर्वाचन क्षेत्रमा सक्रिय सदस्यहरुबाट महाधिवेशन प्रतिनिधिको निर्वाचन गर्ने तालिका छ ।

प्रदेश कार्य समितिको निर्वाचन असोज १५ गतेसम्म गरिने छ । बैठकले आउँदो महाधिवेशनलाई सफल बनाउन आह्वान गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७