युरोकप सेमिफाइनल समीकरण पूरा : इङल्याण्ड, इटली, स्पेन र डेनमार्क अन्तिम चारमा


२० असार २०७८, आईतवार
denmark1625335679

काठमाडौं, २० असार । युरोकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । युरोपका विभिन्न ११ शहरमा भइरहेको १६ औं संस्करणको युरोकप फुटबलमा गए राति इङ्ल्याण्ड र युक्रेनबीचको खेल सकिएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो ।

गए राति भएको खेलमा युक्रेनलाई ४–० गोलले पराजित गर्दै इङल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको छ । यस्तै चेक रिपब्लिकलाई हराउँदै डेनमार्क सेमिफाइनलमा प्रवेश गरेको छ ।

चेक रिपब्लिकलाई २–१ गोलले पराजित गर्दै डेनमार्क सेमिफाइनलमा प्रवेश गरेको हो । यस्तै इङल्याण्डले युक्रेनलाई ४–० गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

गए रातिको खेलसँगै इङल्याण्ड, इटली, स्पेन र डेनमार्क युरोकपको अन्तिम चारमा प्रवेश गर्न सफल भएका छन् । अब इटली र स्पेनबीचको खेल बुधवार राति पौने १ बजे हुनेछ भने डेनमार्कले इङल्याण्डसँग बिहीवार राति पौने १ बजे प्रतिस्पर्धा गर्ने भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७