ट्युनिसियाको तटमा डुंगा दुर्घटना, ४३ अवैध आप्रवासीको मृत्यु


२० असार २०७८, आईतवार
boad

काठमाडौं, २० असार । अफ्रिकाबाट युरोपका लागि प्रस्थान गरेका आप्रावासीहरु चढेको डुंगा ट्युनिसिया नजिक दुर्घटना हुँदा ४३ जनाको मृत्यु भएको छ ।

लिबियाको जुवारा बन्दरगाहबाट छुटेको डुंगा भुमध्य सागर पार गर्नेक्रममा ट्युनिशियाको जार्जीस नजिक डुबेको हो । १२७ जना आप्रावासी चढेको उक्त डुंगा डुब्दा ८४ जनाको उद्धार गरिएको छ ।

मृत्यु हुनेहरुमा अधिकांश महिला र बालबालिका रहेका छन् । डुंगामा लिबिया, सुडान, बंगलादेश, इजिप्ट र इरिटियाका नागरिकहरु सवार रहेको बुझिएको छ । इन्जिनमा आएको खराबीका कारण दुर्घटना भएको अनुमान गरिएको छ । घटनाबारे अनुसन्धान थालिएको छ । दुघंटनाग्रस्त डुंगामा क्षमता भन्दा बढी यात्रु सवार रहेका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७