जापानमा भीषण पहिरो : २० जना बेपत्ता, दुई जनाको शव भेटियो


२० असार २०७८, आईतवार
japan landslide

काठमाडौं, २० असार । जापानको आतामी शहरमा भारी वर्षासँगै आएको भीषण पहिरोमा परेर २० जना बेपत्ता भएका छन् । लेदोसहित खसेको पहिरोले उक्त क्षेत्रमा रहेका थुप्रै घरमा क्षति पुर्‍याएको छ ।

पहिरोमा परेर मृत्यु भएका दुई जनाको शव फेला परेको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन् । जापानी प्रधानमन्त्री योसिहिदो सुगाले घटनाप्रति दुःख व्यक्त गर्दै तत्काल उद्दार तथा राहतमा जुट्न सुरक्षाकर्मीहरूलाई निर्देशन दिएका छन् ।

शिजुओका प्रान्तको अतामीमा जुलाइको पहिलो तीन दिनमा अधिक मात्रामा सक्रिय देखिएको मौसम छिमेकी कानगावा प्रान्तमा पनि पुगेको छ । प्रभावितको उद्धारमा सुरक्षाकर्मीसहित स्थानीय पनि सक्रिय रुपमा लागेका छन् । तल्लो तटीय क्षेत्र शिजोका, कानगावा र चिबाका बासिन्दालाई बाढीबाट हुन सक्ने सम्भावित क्षतिलाई मध्यनजर गर्दै सुरक्षित स्थानमा स्थानान्तरण हुन निर्देशन दिएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७