सर्लाहीको रामनगर गाउँपालिका अध्यक्षको निधन


२० असार २०७८, आईतवार
ramnagar

सर्लाही, २० असार । सर्लाहीको रामनगर गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बर्माको निधन भएको छ । काठमाडौंमा उपचारका क्रममा शनिबार राति उनको निधन भएको गाउँपालिकाकी उपाध्यक्ष नितुदेवी यादवले जानकारी दिइन् ।

उपाध्यक्ष यादवका अनुसार लामो समयदेखि क्षयरोगबाट पीडित ७० वर्षीय अध्यक्ष बर्माको स्वास्थ्यमा अत्यधिक समस्या देखिएपछि यही असार १४ गते मेडिसिटी हस्पिटल भर्ना गरिएको थियो । तर उपचारका क्रममा शनिबार राति १२ बजे उनको निधन भएको हो ।

अध्यक्ष बर्माको शव घर ल्याउने तयारी भइरहेको र हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरिने उपाध्यक्ष यादवले बताइन् । बर्मा २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट रामनगर गाउँपालिका अध्यक्षमा विजयी भएका थिए । अध्यक्ष बर्माको स्थायी घर रामनगर गाउँपालिका–१ मा पर्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७