अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनलमा


२० असार २०७८, आईतवार
messi g2j7HMGCHr

काठमाडौं, २० असार । अर्जेन्टिना कोपा अमेरिकाको फुटबलको सेमिफाइनलमा पुगेको छ । आज (आइतबार) बिहान भएको खेलमा इक्वेडरलाई ३–० गोलले पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेको हो ।

अर्जेन्टिनाका लागि रोड्रिगो डी पल, लौतारो मार्टिनेज र लियोनल मेस्सीले गोल गरे । ४० औं मिनेटमा राड्रिगोको गोलबाट अग्रता बनाएको अर्जेन्टिनाका लागि ८४ औं मिनेटमा मार्टिनेजले गोल गरे भने लियोनल मेस्सीले इन्जुरी समयको ९३ औं मिनेटमा फ्रि किकमार्फत गोल गरे ।

निकै प्रतिस्पर्धात्मक रहेको खेलमा गोल गर्ने अवसर पाए पनि चुक्दा इक्वेडर प्रतियोगिताबाट बाहिरिएको छ । अर्जेन्टिनाले फाइनल प्रवेशका लागि कोलम्बियासँग खेल्ने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७