राष्ट्रिय सभाको बैठक बस्दै, के–के छन् कार्यसूची ?


२० असार २०७८, आईतवार
Parliment house samsad bhawansdetresd scaled

काठमाडौं, २० असार । संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभाको बैठक आज (आइतबार) पनि बस्दै छ । आठौं अधिवेशनको दोस्रो बैठक दिउँसो १ बजे बस्ने तय गरिएको छ । संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्नेछ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय समावेशी आयोगको दोस्रो वार्षिक प्रतिवेदन, २०७६/०७७’ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची छ ।

यस्तै प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले समितिको दोस्रो वार्षिक प्रतिवेदन, २०७७/०७८ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन् ।
यही असार १७ गते आठौं अधिवेशनको पहिलो बैठक बसेको थियो । त्यस दिन केही अध्यादेशहरू सभासमक्ष पेस गरिएको थियो । केही सदस्यहरुले बोलेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७