फिलिपिन्समा ८५ यात्रु सवार सैन्य विमान दुर्घटना, जलिरहेको विमानबाट १५ को उद्धार


२० असार २०७८, आईतवार
philpinnesplaneaccident jgNsBdDqOP

काठमाडौं, २० असार । फिलिपिन्समा ८५ यात्रु सवार एउटा सैन्य विमान दुर्घटनामा परेको छ । आइतबार दक्षिणी फिलिपिन्समा सैन्य विमान दुर्घटनामा परेको त्यहाँका सेना प्रमुख जनरल सिरिलिटो सोबेजानाले एएफपीलाई जानकारी दिए ।

Air crash 20200809 570 850 571 855

जोलो टापुमा अवतरण गर्ने क्रममा विमान दुर्घटनाग्रस्त बनेको बताइएको छ । जलिरहेको विमानबाट हालसम्म १५ को उद्धार गरिएको छ । हाल उद्धार कार्य जारी छ । सेना प्रमुख सोबेजानाले भनेका छन्, ‘उद्धारकर्मीहरु घटनास्थलमा पुगिसकेका छन् । धेरै मानिसको ज्यान बचाउन सकिन्छ भन्ने हाम्रो विश्वास छ ।’ एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७