ललितपुर सानेपामा भारतीय नागरिकको हत्या


२० असार २०७८, आईतवार
sanepa hatya h2uvlaW8fl

काठमाडौं, २० असार । ललितपुर महानगरपालिका–२ सानेपा स्थित गुर्सिङ्गालमा एक भारतीय नागरिकको हत्या भएको छ । ५९ वर्षीय भारतीय नागरिक सत्यनारायण पारिकको घरभित्रै हम्मर प्रहार गरेर हत्या भएको हो ।

दुई तले घरमा झ्यालबाट कोही व्यक्ति घरमा प्रवेश गरेर उनलाई हम्मर प्रहार गरेको हुनसक्ने ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यले जानकारी दिएकी छिन् । घरका केही सामान पनि हराएका छन्, त्यसैले चोरी गर्ने उद्देश्यले दोस्रो व्यक्ति घरमा प्रवेश गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

अन्तिम पटक पारिकले शुक्रबार साँझ एक जनासँग कुरा गरेका छन् । त्यसपछि कसैसँग सम्पर्क भएको नदेखिएको प्रहरी बताउँछ । ‘घटना पनि शुक्रबार साँझै अथवा शनिबार बिहानतिर भएको हुनसक्छ’ प्रहरी स्रोत भन्छ, ‘थप छानविन भइरहेको छ ।’ घटनास्थलको अनुसन्धानका लागी तालिमप्राप्त कुकुर परिचालन गरिएको छ । सो घरमा पारिक एक्लै बस्दै आएका थिए । प्रहरीले शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको छ । पोष्टमार्टमपछि मृत्युको समय र कारणबारे खुल्ने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७