माधव नेपालले केपी ओलीसँग भेट्न रुचि देखाउनु भएन : उपमहासचिव पौडेल


२० असार २०७८, आईतवार
Bishnu Prasad Paudel विष्णुप्रसाद पौडेल is a Nepalese politician He is now the General Secretary of NCP Nepal Communist Party.

काठमाडौं, २० असार । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न रुचि नदेखाएको बताएका छन् ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीका विश्वास पात्र नेता पौडेलले आइतवार बिहान नेता नेपाललाई कोटेश्वरस्थित निवासमै पुगेर भेटेका थिए । भेटमा उनले प्रधानमन्त्रीसँग भेटेर समस्या समाधान खोज्न आग्रह गर्दा नेता नेपालले रुचि नदेखाएको नेता पौडेलले बताएका हुन् ।

राष्ट्रिय सभाको बैठकपछि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा नेता नेपालसँगको भेटबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा नेता पौडेलले आफूले समस्या समाधानका लागि दुई नेताबीच भेटघाट होस् भन्ने इच्छा व्यक्त गरेको र नेपालले रुचि नदेखाएको बताएका हुन् ।

उनले भने, ‘माधव कमरेडकोमा गएका थियौं । म, सुवासजी र शंकरजी भएर । उहाँसँग एकछिन कुराकानी भयो । हामीले पार्टीलाई एकताबद्ध गरेर लिएर जाऔं भन्नेमा आग्रह गर्‍यौं । हाम्राबीचमा समाधान गर्न नसकिने त्यस्ता कठिन र जटिल समस्या छैनन् । तपाईंहरू एक–आपसमा बस्नुहोस् । हामी पनि आपसमा विभिन्न साथीसँग छलफलमा छौं । समाधान खोजेर अगाडि जाऔं । पार्टी अध्यक्ष र तपाईको बीचमा मिटिङ होस् हामी चाहन्छौं भनेर प्रस्ताव राख्यौं । उहाँले प्रधानमन्त्रीसँग भेट्नका लागि अरुचि प्रकट गर्नुभयो । भेट्ने कुरामा खासै रुचि राख्नु भएन । ठिकै छ छलफल गर्दै जाऔँ भनेर हामी उठ्यौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७