नेता–कार्यकर्ता नछुटेपछि विप्लव समूह असन्तुष्ट


२० असार २०७८, आईतवार
prakanda

काठमाडौं, २० असार । नेकपा विप्लव समूहले सहमतिअनुसार आफ्ना नेता–कार्यकर्ता नछुटेको भन्दै असन्तुष्टि जनाएको छ । नेताद्वय खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र धर्मेन्द्र बास्तोलाले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सहमति कार्यान्वयन नभएको गुनासो गरेका छन् ।

सरकार र विप्लव समूहबीच २१ फागुन २०७७ मा तीन बुँदे सहमति भएको थियो, जसमा विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउने र सरकारले प्रतिबन्ध फुकुवा गरेर कारागारमा रहेका नेता कार्यकर्ता रिहा गर्ने उल्लेख छ ।

सहमतिअनुसार केही नेता कार्यकर्ता छुटेपछि थुप्रै बाँकी रहेको विप्लव समूहको दाबी छ । यसअघि पनि पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले समेत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफ्ना नेता–कार्यकर्ता रिहाइका विषयमा ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७