डा. युवराज खतिवडा मेक्सिकोका लागि गैरआवासीय राजदूत नियुक्त


प्रकाशित मिति : July 4, 2021

काठमाडौं, २० असार । अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडा मेक्सिकोका लागि समेत गैरआवासीय राजदूत नियुक्त भएका छन् ।

डा. खतिवडालाई मेक्सिकोका लागि जिम्मेवारी दिइएको राष्ट्रपतिको कार्यालयले आइतबार जनाएको छ । डा. खतिवडालाई नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम मेक्सिकोका लागि समेत गैरआवासीय राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयद्वारा जारी सूचनामा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्