घुससहित सव–इन्जिनियर अख्तियारको फन्दामा


२० असार २०७८, आईतवार

ओखलढुङ्गा, २० असार । ओखलढुङ्गामा ३० हजार घुससहित सव–इन्जिनियरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाईमा कार्यरत सव–इन्जिनियर राजन पासवानलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।

भुकम्पबाट क्षतिग्रस्त घर पुनर्निर्माणको तेस्रो किस्ता भुक्तानी पास गरिदिए वापत सेवाग्राहीसँग घुस मागेको उजुरी निवेदनका आधारमा खटिएको अख्तियार टोलीले पासवानलाई पक्राउ गरेर आवश्यक अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७