इङल्याण्ड र श्रीलङ्काबीचको अन्तिम एक दिवसीय क्रिकेट रद्द


२१ असार २०७८, सोमबार
odi eYSciMBZkF

काठमाडौं, २१ असार । घरेलु टिम इङल्याण्ड र श्रीलङ्काबीचको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेट रद्द भएको छ । वर्षाका कारण खेल हुन नसकेपछि अन्तिम एक दिवसीय क्रिकेट नतिजाविहीन भएको हो । इङल्याण्डको काउन्टी ग्राउन्ड ब्रिस्टोलमा श्रीलङ्काले इङल्याण्डलाई १६७ रनको लक्ष्य दिएको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको श्रीलङ्काले ४१ ओभर एक बलमा अलआउट हुँदै १६६ रन बनायो । उसका लागि दसुन सनाकाले सर्वाधिक ४८ रन बनाए । इङल्याण्डका टम कुरानले चार विकेट लिए । तर, पटक पटक पानी परेपछि इङल्याण्डले जवाफी ब्याटिङ गर्न नपाएपछि खेल रद्द भएको हो ।

अन्तिम खेल नतिजा विहीन भएसँगै इङल्याण्डले ३ खेलको श्रृङ्खला २–० ले जितेको छ । अघिल्ला दुई खेलमा इङल्याण्ड श्रीलङ्कालाई हराएको थियो । त्यस्तै इङल्याण्डले तीन खेलको ट्वान्टी ट्वान्टी श्रृङ्खला पनि ३–० ले जितेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७