काठमाडौंमा भूकम्पको धक्का


२१ असार २०७८, सोमबार
earthquake

काठमाडौं, २१ असार । काठमाडौंमा सोमबार बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान साढे ६ बजेतिर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् विजय अधिकारीका अनुसार सोमबार बिहान ६ बजेर ३२ मिनेटमा काठमाडौंको कुलेश्वर केन्द्रबिन्दु भई ३.२ रेक्टर स्केलको धक्का गएको हो । यो २०७२ कै महाभूकम्पको परकम्प भएको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७