बुधबारेदेखि फेरि ठूलो पानी पर्ने, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना


२१ असार २०७८, सोमबार
kathamandu

काठमाडौं, २१ असार । अलि मत्थर भएको मनसुन आउँदो बुधबारदेखि फेरि सक्रिय हुने मौसमविदले बताएका छन् । तर, आज र भोलि भने ठूलो पानी नपर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । अहिले मनसुनी न्यून चापीय रेखा दक्षिणी भू–भाग नजिक छ । यो बेला मनसुनी गतिविधि कम हुन्छ ।

मनसुनी न्यूनचापीय रेखा तराई नजिक हुँदा मनसुन सक्रिय हुने महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले बताइन् । अहिले प्रदेश एकका केही ठाउँमा मध्यम खालको पानी परिरहेको छ । प्रदेश दुई, वागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही ठाउँमा पनि हल्का पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश–१, २, वागमती, गण्डकी र लुम्बिनीमा मौसम पूर्ण बदली हुने अनुमान छ । त्यस्तै कर्णाली र सुदूरपश्चिममा सामान्य बदली रहने महाशाखाले जनाएको छ । आज राति प्रदेश–१ सहित वागमती र गण्डकीका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित ठूलो पानी पर्ने सम्भावना छ । ठूलो पानी पर्ने क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
असार २१ गते सोमबार

दिउँसो– प्रदेश– १, प्रदेश–२, बागमती, गण्डकी प्रदेशका केही र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति–प्रदेश– १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ ।
असार २२ गते मंगलबार
दिउँसो– प्रदेश– १, २, बागमती, गण्डकी प्रदेशका थोरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
राति– प्रदेश– १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१ का थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

असार २३ गते बुधबार
दिउँसो–प्रदेश– १, २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१ र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

राति–प्रदेश– १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१, बागमती, गण्डकी र लुम्बीनी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ ।
सोमबार बिहान ६ बजे मौसम पूर्वानुमान बुलेटिनसँगै मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ ।

जसमा भनिएको छ : प्रदेश– १, प्रदेश–२, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानमा र लुम्बिनी प्रदेश, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रदेश–१, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले उक्त प्रदेशका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन÷यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७