संसद विघटनको मुद्दा : आज पनि जवाफी बहस, अब २ घण्टा समय बाँकी


२१ असार २०७८, सोमबार
sarbochha

काठमाडौं, २१ असार । प्रतिनिधिसभा (संसद) विघटन विरुद्धको मद्दामा रिट निवेदक पक्षको जवाफी बहस आज (सोमबार) पनि जारी रहने छ । जवाफी बहसका लागि अब २ घण्टा मात्र समय बाँकी रहेको छ ।

आज वरिष्ठ अधिवक्ता शम्भु थापा, हरिहर दाहाल र बद्रीबहादुर कार्कीले जवाफी बहस गर्नेछन् । त्यसपछि अदालतका सहयोगी अर्थात एमिकस क्युरीको राय लिने काम हुनेछ । हिजो जवाफी बहस शुरु गर्दै वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गर्ने आफ्नो अधिकार क्षेत्रभित्र नपर्ने भएपछि राष्ट्रपतिलाई अघि सारेर प्रतिनिधिसभा विघटन गराएको आरोप लगाए ।

श्रेष्ठले अघिल्लो विघटनमा अदालतले प्रधानमन्त्रीको संवैधानिक अधिकारबारे व्याख्या गरेको भन्दै सो व्याख्या अनुरुप विघटन गर्न नमिल्ने भएपछि प्रधानमन्त्रीले राष्ट्रपतिलाई अघि सारेको तर्क गरेका थिए । जवाफी बहस शुरु गर्नुअघि इजलासले विभिन्न ७ वटा प्रश्नको जवाफ दिन रिट निवेदक पक्षका कानुन व्यवसायीहरुलाई भनेको छ । न्यायाधिश ईश्वर खतिवडाले सरकार पक्षका कानुन व्यावसायीहरुले अघि सारेका प्रश्नहरुकै सन्दर्भमा जवाफ दिन वकिलहरुलाई सचेत गराएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७