वागमती प्रदेशसभाको बैठक बस्दै


२१ असार २०७८, सोमबार
bagmati pradesh

हेटौंडा, २१ असार । वागमती प्रदेशसभाको बैठक आज (सोमबार) फेरि बस्दै छ । बैठक दिउँसो १ बजे बस्न लागेको हो । आइतबार अपराह्न ३ बजे बस्ने भनिएको बैठक विशेष कारण देखाउँदै सोमबार दिउँसोसम्मका लागि सारिएको थियो ।

विपक्षी दलहरुले विनियोजित बजेटमा माग गरिएअनुसारको योजना नभएको र बजेट वितरणमा पक्षपात गरेको आरोप लगाउँदै संसद् बैठक अवरुद्ध गर्दै आएका छन् । सहमतिको प्रयासमा आइतबार हेटौंडामा सर्वदलीय बैठक बसेको थियो ।

सभामुख सानुकुमार श्रेष्ठले आह्वान गरेको बैठकमा असार २१ गते दिउँसो १ बजे बस्ने बैठकमा विनियोजित बजेट शीर्षकमा छलफल पुनः सञ्चालन गर्ने सहमति भएको नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक दीपक निरौलाले बताए ।

बैठकमा सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डे, नेकपा माओवादी केन्द्रका शालिकराम जम्मकट्टेल, नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ, साझा विवेकशील दलका रमेश पौड्याल र सत्तारुढ दलका प्रमुख सचेतक दीपक निरौला सहभागी थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७