नारायणगढ–मुग्लिन सडक खण्ड फेरि अवरुद्ध


२१ असार २०७८, सोमबार
mugling

धादिङ, २१ असार । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड गए रातिदेखि फेरि अवरुद्ध भएको छ ।

सो सडकखण्डको चौध किलो र सेती दोभानमा लेदोसहितको पहिरो आएर गए राति १० बजेबाट सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । आइतबार सेतीदोभान पहिरो पन्छाएर गए राति पौने १० बजेबाट बाटो एकतर्फी खुलाइए पनि केहीबेरमै अबरुद्ध भएको हो ।

पहिरो खुलाउने प्रयास गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख भगवान थापाले जानकारी दिए । पानी नपरे दुई–तीन घण्टामा खुलाउन सकिने उनले बताए ।

प्रहरीले अत्यावश्यक सवारी साधनहरुलाई वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ । सडक बन्द हुँदा मुग्लिन र आँपटारी क्षेत्रमा दर्जनौं सवारीसाधन अलपत्र छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७