आज यी जिल्लामा बाढीको जोखिम, सतर्क रहन आग्रह


२१ असार २०७८, सोमबार
badhi 3

काठमाडौं, २१ असार । आज (सोमबार) पनि देशका तीन प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
आज (सोमबार) दिउँसो प्रदेश–१, २, वाग्मती, गण्डकी र लुम्बिनीमा मौसम पूर्ण बदली हुने अनुमान छ ।

त्यस्तै कर्णाली र सुदूरपश्चिममा सामान्य बदली रहने महाशाखाले जनाएको छ । आज राति प्रदेश–१ सहित वागमती र गण्डकीका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित ठूलो पानी पर्ने सम्भावना छ । ठूलो पानी पर्ने क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

आज नारायणी नदीका सहायक नदीहरुमा पानीको बहाव केही बढ्ने जनाइएको छ । केही साना सहायक नदीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ । कन्काई, कमला, वाग्मती र तिनाउ जलाधारका स–सना सहायक नदीहरुमा पनि बहाव केही बढ्ने र केही साना नदीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ ।

कोशी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य रहनेछ । पूर्वी राप्ती, पश्चिम राप्ती, बबईलगायतमा बहाव सामान्य रहने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहानको मापनानुसार कोसी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सतर्कता तहभन्दा तलै छ ।

ओखलढुङ्गा, खोटाङ, भोजपुर, सोलुखुम्बु, संखुवासभा, तेह्रथुम, बारा, पर्सा, रौतहट, सर्लाही, सप्तरी, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काठमाडौं उपत्यका, धादिङ, नुवाकोट, मकवानपुर, चितवन, गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, नवलपुर, परासी, रुपन्देही, पाल्पा, दाङ, बर्दिया, बाजुरा, अछाम, बझाङ, दार्चुला र आसपास जिल्ला भई बहने स–साना नदी जलाधारमा बहाव केही बढ्नेछ । केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान रहेको जनाइएको छ ।
हेर्नुस् सूचना

5July

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७