म्याद सकिएको डेबिट कार्डबाट ३४ लाखभन्दा बढी रकम झिक्ने दुई जना पक्राउ


२१ असार २०७८, सोमबार
pakrau
फाइल फोटो

काठमाडौं, २१ असार । काठमाडौंमा म्याद सकिएको डेबिट कार्ड प्रयोग गरेर ३४ लाख ३५ हजार निकाल्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सोलुखुम्बु घर भई काठमाडौं भत्केको पुल क्षेत्रमा डेरा गरी बस्ने ५७ वर्षीय जगतबहादुर गुरुङ र पर्सा घर भई भत्केको पुल क्षेत्रमै बस्दै आएकी ३० वर्षीया सावित्री गुरुङ छिन् ।

महानगरीय प्रहरी परिसरले सिद्धार्थ बैंकको विभिन्न स्थानमा रहको एटीएम मेसिनबाट म्याद सकिएको डेबिट कार्डबाट पैसा निकालेको सूचनाको आधारमा उनीहरूको खोजी शुरु गरेको थियो ।

उनीहरूले म्याद सकिएको डेबिट कार्ड प्रयोग गरेर चाबहिल, कालोपुल, हात्तीसार भाटभटेनी इलाकामा रहेको एटीएमबाट ३४ लाख ३५ हजार निकालेको पाइएको छ । उनीहरूको साथबाट प्रहरीले २१ लाख रुपैयाँ नगद बरामद गरेको छ । निकालेको रकममध्ये १० लाख ५० हजार सहकारीमा राखेको पाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७