ओलीको ‘अल्टिमेटम’ को सकियो समय, नेपाल समूहले लिएन हस्ताक्षर फिर्ता


२१ असार २०७८, सोमबार
kp oli madhav nepal
फाइल फोटो

काठमाडौं, २१ असार । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका २३ सांसदले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता गर्न दिएको ‘अल्टिमेटम’ को समय सकिएको छ ।

नेकपा एमालेको केन्द्रीय कमिटीको शुक्रबारको वैठकले सोमबार (आज) साँझ ५ बजेभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको थियो । हस्ताक्षर फिर्ता नलिने सांसद एमालेमा नरहने चेतावनी ओलीले दिएका थिए । तर, खनाल–नेपाल पक्षले अदालतबाट आउने फैसलालाई स्वीकार गर्ने हस्ताक्षर फिर्ता नलिने अडानअनुसार ओलीको अल्टिमेटमभित्र हस्ताक्षर फिर्ता गरेनन् । अल्टिमेटमभित्र हस्ताक्षर फिर्ता नगर्ने सांसदहरुलाई अब ओलीले कस्तो कारवाही गर्छन् या गर्दैनन् भन्ने एमालेभित्र चासो बढेको छ ।

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको परेको बहस सकिएको छ । खनाल–नेपाल समूहका २३ जना सांसदले संसद् विघटन र देउवालाई प्रधानमन्त्री बनाउने रिटमा हस्ताक्षर गरेका थिए । खनाल–नेपाल समूहले हस्ताक्षर फिर्ता लिने निर्देशन अस्वीकार गरेको छ । उक्त प्रस्तावमा हस्ताक्षर गरेका सांसद जीवनराम श्रेष्ठले हस्ताक्षर फिर्ता नहुने जानकारी दिए । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा रहेको हस्ताक्षर फिर्ता नलिए पार्टी एक नरहने उद्घोष गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७